काठमाडौं । दैनिक नयाँ रेकर्ड कायम गर्दै आइरहेको सुनको भाउले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । आज छापावाला सुनको मूल्य तोलामा २२ सय रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी २ हजार १२० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी २ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्