काठमाडौं । नबिल बैंकले १० प्रतिशत नगद लाभांश(करसहित) दिने भएको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्ताहरुलाई करसहित १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
अघिल्लो आर्थिक बर्षको तुलनामा लाभांश घट्न नदिने बताउँदै आएको नबिलले आर्थिक बर्ष २०८०।८१ को नाफाबाट करसहित १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । गत आर्थिक बर्षमा बैंकले ११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्