काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडले धनतेरसको अवसरमा ग्राहकहरुका लागि नयाँ अफर ल्याएको छ । यस अफरमा ३ जना भाग्यशाली विजेताहरुले १ हजार इकाई उपहार स्वरुप पाउने कम्पनीले जनाएको छ ।
यस योजनामा योग्य हुनका लागि ग्राहकहरुले एनआइएमबिबाट हितग्राही खाता खोली एसआईपी रजिस्ट्रेशन गर्नुपर्ने र कार्तिक १३ गते अर्थात् धनतेरसका दिनमा मात्रै आफ्नो पहिलो किस्ता तिर्नुपर्ने कम्पनीले जनाएको छ ।
कार्तिक १३ गते राति ११: ५९ बजेसम्म रजिस्ट्रेशन गरेकोहरु मात्र लक्की ड्र मा पर्नु हुनेछ । कम्पनी अनुसार यस योजनाका विजेताहरुको घोषणा भने कार्तिक १४ गते एनआइएमबि एस क्यापिटलको आधिकारिक फेसबुक मार्फत लाईभ गरिनेछ ।
एनआइएमबि एस क्यापिटलले योजनाको व्यवस्थापक रही एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत विभिन्न योजनाहरू सार्वजनिक गर्दै आएको छ । हाल एनआइएमबि एस क्यापिटलले १० अर्ब रूपैयाँभन्दा बढी मूल्यांकन भएका पाँचवटा म्युचुअल फण्डहरूको व्यवस्थापन र लगानी व्यवस्थापन सेवा अन्तर्गत लगानीकर्ताको ६ अर्ब रूपैयाँभन्दा बढी रकमको लगानी व्यवस्थापन गर्दै नेपालको वित्तीय क्षेत्रमा आफूलाई अग्रस्थानमा राख्दै आएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्