Shikhar Insurance
National Life

चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानी गर्ने सहकार्य

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १३, मंगलवार १६:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र चीनको युनान प्रान्तस्थित फेडेरेसन अफ इन्डस्ट्री एण्ड कमर्ससँग सम्वन्धित उद्योगी व्यवसायीबीच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ ।

चेम्बर अध्यक्ष कमलेस कुमार अग्रवाल सहितका पदाधिकारीसमक्ष युनान प्रान्तमा विभिन्न व्यवसायिक क्षेत्रको नेतृत्व गर्दै आएका उद्यमी व्यवसायीहरुले लगानी र व्यापार सहजीकरणबारे छलफल गरेका हुन् । खासगरी उद्योग, व्यापार र सेवा क्षेत्रमा सम्भाव्य लगानीका क्षेत्रहरुको पहिचान र दुई पक्षीय हित प्रर्वद्धन गर्न सकिने खालको प्रस्ताव ल्याउन अध्यक्ष अग्रवाले चिनियाँ व्यवसायी समक्ष आग्रह गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पूर्वाधार निर्माण, रियल स्टेट, व्यापार वृद्धि, चिया, औद्योगिक विकास एवं सांस्कृतिक क्षेत्रमा दुई पक्षीय लगानी र व्यापार साझेदारीका विभिन्न विकल्पबारे दुई देशका निजी क्षेत्रबीच महत्त्वपुर्ण छलफल भएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । चेम्बर अध्यक्ष अग्रवालले नेपालमा लगानीका लागि चिनिया व्यवसायीलाई आग्रह गर्दै नेपालमा लगानीको वातावरण एवं प्रतफल सुनिश्चितताका लागि चेम्बरले पहल गर्ने समेत अध्यक्ष अग्रवालले प्रतिवद्धता जनाए ।

अध्यक्ष अग्रवालले भने, ‘नेपालमा विभिन्न क्षेत्रमा लगानीका लागि चिनियाँ लगानीकर्ताहरु समक्ष आग्रह गर्दछु ।’ यहाँ हुने लगानीको प्रतिफल सुनिश्चितताका लागि नेपाल चेम्बर अफ कमर्सले सहजीकरण गर्ने अध्यक्ष अग्रवालले प्रतिवद्धता जनाए । यसका लागि बी टु बी भ्रमण र सहकार्यलाई बढाउनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए । नेपालमा राजनीतिक स्थिरता, कानूनी पाटोमा सुधार हुँदै गएकाले लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको समेत उनले लगानीकर्ताहरुलाई अवगत गराए ।

नेपाल र चीन दुवै मुलुकले लगानी र व्यापारिक साझेदारी मार्फत आर्थिक फाईदा लिन सक्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए । नेपाल भ्रमणका लागि समेत उनले चिनिया उद्यमी व्यवसायीलाई आग्रह गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्