Shikhar Insurance
National Life

३ महिनामा जीवन बीमा कम्पनीहरुले उठाए ११ अर्ब बढी बीमा शुल्क, कुन कम्पनीले कति उठाए ?

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १३, मंगलवार १७:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो तीन महिनामा जीवन बीमा कम्पनीहरुले ११ अर्ब बढी रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको वित्तीय विवरण अनुसार जीवन बीमा कम्पनीहरुबाट ११ अर्ब ५ करोड ९८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको हो ।

तीन महिनामा सबैभन्दा धेरै कुल बीमाशुल्क उठाउनेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले तीन महिनामा २ अर्ब ९४ करोड ७२ लाख रुपैयाँ संकलन गरेको हो । तीन महिनामा  सन नेपाल लाइफ इन्स्योरेन्सले ३ महिनामा ३१ करोड ५२ लाख रुपैयाँ उठाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चालु आव असोज महिनामा राष्ट्रिय जीवन बीमा कम्पनीले ३१ करोड ७९ लाख रुपैयाँ संकलन गरेको छ भने नवीकरण बीमाशुल्क २७ करोड ९७ लाख रुपैयाँ बुझाएको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले तीन महिनामा १ अर्ब ३२ करोड ७४ लाख रुपैयाँ संकलन गरेको छ भने ९४ करोड ६९ लाख ९४ हजार रुपैयाँ नवीकरण बीमाशुल्क लागेको छ । नेपाल लाइफ इन्स्योरेन्सको असोज महिनामा २ अर्ब ९४ करोड ७२ लाख रुपैयाँ संकलन गरेको छ भने नवीकरण बीमा शुल्क २ अर्ब ३१ करोड २ लाख रुपैयाँ सकलन गरेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले १ अर्ब २६ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क उठाएको छ भने ३ महिनामा १ अर्ब ११ करोड १३ लाख रुपैयाँ नविकरण बीमाशुल्क संकलन गरेको छ । मेट लाइफले ३ महिनामा ४८ करोड १८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गर्दा नविकरण बीमा शुल्क भने ३७ करोड ४२ लाख रुपैयाँ गरेको छ ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउनदेखि असोज महिनासम्ममा ६१ करोड ९८ लाख कुल बीमाशुल्क संकलन गरेको छ भने नविकरण बीमाशुल्क ४६ करोड २३ लाख रुपेयाँ उठाएको छ । आइएमई लाइफ इन्स्योरेन्सले तीन महिनामा ३५ करोड ३८ लाख रुपैयाँ संकलन गरेको छ भने कम्पनीले नविकरण बीमाशुल्क २३ करोड ८ लाख रुपैयाँ उठाएको छ ।

३ महिनामा रिलायबल नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ३४ करोड २२ लाख रुपैयाँको कारोबाार गर्दा नविकरण बीमाशुल्क २१ करोड ९४ लाख रुपैयाँ संकलन गरेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सले तीन महिनामा ४५ करोड ३० लाख रुपैयाँको कारोबार गर्दा ३३ करोड ५८ लाख नविकरण बीमाशुल्क उठाएको छ । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६४ करोड २९ लाख रुपैयाँको कारोबार गर्दा ४४ करोड २८ लाख रुपैयाँ नबीकरण बीमा शुल्कक रहेको छ ।

साथै, सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ४५ करोड ९७ लाख रुपैयाँको कारोबार गर्दा ३० करोड ५९ लाख रुपैयाँको नविकरण बीमाशुल्क उठाएको छ । हिमालयन लाइफ इन्स्योरेन्सले ३ महिनामा १ अर्ब ८ करोड ७० लाख रुपैयाँको कारोबार गर्दा १ अर्ब २ करोड ७४ लाख रुपैयाँ नविकरण बीमाशुल्क संकलन गरेको छ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ३४ करोड ५३ लाख रुपैयाँको कुल बीमा शुल्क आर्जन गर्दा २२ करोड ७५ लाख रुपैयाँ बीमा नविकरण शुल्क उठाएको छ । साउनदेखि असोजसम्ममा ३ वटा लघु बीमाबाट ८ करोड ३७ लाख रुपैयाँ कूलबीमा शुल्क संकलन भएको छ । सबैभन्दा धेरै कुल बीमा शुल्क संकलन गर्ने कम्पनीमा गार्डियन माईक्रो लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले ३ महिनामा ३ करोड ११ लाख रुपैयाँ संकलन गरेको छ ।

गार्डियन माईक्रो लाइफ इन्स्योरेन्सले तीन महिनामा ३ करोड ११ लाख रुपैयाँ संकलन गरेको छ भने क्रेष्ट माईक्रो लाइफ इन्स्योन्सले ३ महिनामाा ३ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क रहेको छ । लिवर्टी माइक्रो लाइाफ इन्स्योरेन्सले ३ महिनामा २ करोड १९ लाख रुपैयाँ संकलन गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्