काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६.६९ अंकले बढेर २६९२.०५ मा पुगेको हो ।
मंगलबार ३१९ कम्पनीको १ करोड ३३ लाख ७३ हजार ४ सय ८१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार ५८० रुपैयाँको कारोबार भएको छ ।
आज ४ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । साथै, समाज लघुवित्तको ९.१८ प्रतिशत, माउन्टेन्ड इनर्जी नेपालको ७.३४ प्रतिशतसहित २६८ कम्पनीको सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्