Shikhar Insurance
National Life

टक्सारमा सुनको असर्फी किन्नेको घुँइचो

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १३, मंगलवार १४:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । टक्सार महाशाखा मुद्रा व्यवस्थापन विभागमा सुनको असर्फी किन्ने सर्वसाधरणको भीड लागेको छ । राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखा मुद्रा व्यवस्थापन विभागमा धनतेरसमा सुनको असर्फी लिन भीड लागेको हो ।

धनतेरसको दिन धातु,सुनका गहरगना,भाँडाकुँडा किन्ने प्रचलन समेत रहेको छ । त्यस्तै तिहारको लक्ष्मी पूजाको दिन पूजामा सुन चाँदीका सिक्का चढाउने चलन छ । त्यसैले टक्सार विभाग सुनको असर्फी किन्ने मानिसहरुको भीड बिहानदेखि लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

असर्फी किन्नको लागि बिहान ६ बजेदेखि लाइन लागेको थियो । राष्ट्र बैंकले २.५ ग्राम तौलको सुनको सिक्का बिक्री गरिरहेको छ । असर्फी आज दिउँसो ४ बजेसम्म लिन पाइनेछ । राष्ट्र बैंककाअनुसार एक व्यक्तिले एउटा मात्रै सुनको असर्फी पाउने जनाएको छ । त्यस्तै राष्ट्र बैंकले चाँदीको सिक्का पनि गत आईतवारदेखि बिक्री खुला गरेको थियो ।

टक्सार महाशाखाले १० र २५ ग्रामको लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित चाँदीको सिक्का बिक्री गरिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्