Shikhar Insurance
National Life

भ्रष्टाचार विरोधी राप्रपा मात्र हुन्, तीन ठूला दलले त देश बर्बाद बनाइसक्यो : अध्यक्ष लिङदेन

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १३, मंगलवार १४:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम मतदाताले काँग्रेस, एमाले र माओवादी केन्द्रलाई पराजित गर्नुपर्ने बताएका छन् । पार्टीको कीर्तिपुर नगर कमिटीले मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उनले तीन वटै ठूला पार्टी भ्रष्ट भएको र उनीहरुले देशलाई बर्बाद बनाएकाले आगामी उपनिर्वाचनमा जनताले उनीहरुलाई पराजित गर्नुपर्ने बताएका हुन् ।

उनले ठूला दललाई उपनिर्वाचनमा मत दिएर देशलाई बर्बाद बनाउने काममा आफैँ सहभागी हुने काम कसैले पनि गर्न नहुने बताए । अध्यक्ष लिङदेनले रवि लामिछाने नेतृत्वको रास्वपालाई हावादारी पार्टीको संज्ञा दिँदै सो पार्टीसँग देशलाई अघि बढाउने कुनै योजना नभएको दाबी गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले आफ्नो पार्टी मात्रै सुशासनको पक्षधर पार्टी रहेकाले जनताले उपनिर्वाचनमा साथ दिने विश्वास समेत व्यक्त गर्दै भने, ‘यो उपनिर्वाचनमा राप्रपाले नजितेर कसले जित्छ त ? राप्रपालाई भेट नदिएर त्यही काँग्रेसलाई दिने, त्यही एमालेलाई दिने, त्यही माओवादीलाई भोट दिने ? देश यत्रो बर्बाद भयो । अनि यो बर्बादीमा आफैँ सहभागी हुने ? कि अर्को कुनै हावादारी आएर कुनै योजना पनि छैन । उसको फेद के हो, टुप्पो के हो ? नेपालको राजनीतिमा राप्रपा बाहेक भ्रष्टाचारको विरोधी, सुशासनको पक्षधर पार्टी कुन छ ? भन्नुस् ।’

अध्यक्ष लिङदेनले आफ्नो पार्टीले जितेका स्थानीय तहले नमूनायोग्य काम गरेको भन्दै उपनिर्वाचनमा जनताले साथ दिने पनि बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्