काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्यले फेरी नयाँ रेकर्ड राखेको छ । अघिल्लो दिन ४ सय रुपैयाँले घटेको सुन आज १५ सय रुपैयाँले बढेर नयाँ कीर्तिमान राखेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ६७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर २ हजार १ सय ५ रुपैयाँमा किनबेच भएको छ । चाँदी अघिल्लो दिन २ हजार ६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्