Shikhar Insurance
National Life

तीन महिनामा निर्जीवन बीमा कम्पनीहरुले उठाए साढे ११ अर्ब बीमा शुल्क, पहिलो नम्बरमा सगरमाथा लुम्बिनी

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १३, मंगलवार १०:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्ष (२०८१/८२) को असोज महिनासम्म निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क ११ अर्ब रुपैयाँ बढी संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरुले तीन महिनामा ११ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क उठाएका हुन् ।

तीन महिनामा सबैभन्दा धेरै बीमा शुल्क उठाउँने पहिलो नम्बरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले तीन महिनामा १ अर्ब ४३ करोड ६३ लाख रुपैयाँको कारोबार गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी, दोस्रो नम्बरमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीले तीन महिनामा १ अर्ब १७ करोड १९ लाख रुपैयाँको व्यापार गरेको छ भने सबैभन्दा धेरै बीमा शुल्क उठाउँने कम्पनीहरुको तेस्रो नम्बरमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले चालु आवको तीन महिनामा १ अर्ब १२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९१ करोड ८७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले तीन महिनामा ९० करोड ९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्सको ८९ करोड ७५ लाख रुपैयाँ, दि ओरिएन्टल इन्स्योरेन्सको ८३ करोड ७६ लाख रुपैयाँ, एनएलजीको ७५ करोड २२ लाख रुपैयाँ कुल बीमा शुल्क रहेको छ ।

त्यसैगरी, तीन महिनामा युनाइटेड अजोड इन्स्योरेन्सले तीन महिनामा ६८ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले ६१ करोड ४५ लाख रुपौयँ, सानिमा जिआईसीले ५८ करोड ८९ लाख रुपैयाँ बीमा शुल्क रकम उठाएका छन् । राष्ट्रिय बीमा कम्पनीले ५७ करोड ३९ रुपैया, प्रभु इन्स्योरेन्सले ४७ करोड ७२ र नेशनल इन्स्योरेन्सले ४१ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क उठाएका छन् ।

माइक्रो इन्स्योरेन्स कम्पनीमा ट्रस्ट माइक्रो इन्स्योरेन्स अग्रस्थानमा

माइक्रो इन्स्योरेन्स कम्पनीहरुले तीन महिनामा १८ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

माइक्रो इन्स्योरेन्स कम्पनीमा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले तीन महिनामा ४ करोड २६ लाख रुपैयाँ कारोबार गरेको छ । सर्वाधिक कारोबार गर्ने दोस्रो नम्बरमा स्टार माइक्रो इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीकाे बीमा शुल्क ४ करोड १८ लाख रुपैयाँ रहेकाे छ ।

त्यसैगरी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको ५ करोड ५० लाख रुपैयाँ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीको ४ करोड ६१ लाख रुपैयाँ रहेको छ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्