Shikhar Insurance
National Life

चालु आर्थिक वर्षमा १२ प्रतिशत कर्जा वृद्धि हुने अवस्था छैन : डेपुटी गभर्नर मिश्र

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १२, सोमबार १७:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर बमबहादुर मिश्रले चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा वृद्धि हुने अवस्था नदेखिएको बताएका छन् । सोमबार काठमाडौंमा नेपाल राष्ट्र बैंकले आयोजना गरेको दशैँ, तिहार, छठलगायतका पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

उनले अहिले बैंक तथा वित्तीय संस्थाहरुको पहिलो त्रैमासिकको तथ्याङ्कअनुसार मौद्रिक नीतिमा उल्लेख भएअनुसार कर्जा वृद्धि हुने अवस्था नदेखिएको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले पछिल्लो समय बैंकहरुको एनपीए वृद्धि हुँदै जानु गम्भिर विषय भएको उल्लेख गरे । उनले व्यवसायीहरुको मनोबल कमजोर हुँदा लगानी हुन नसकेको बताए । उनले साढे ११ र १२ प्रतिशत (६५४ अर्ब) को कर्जा प्रवाह गर्ने मौद्रिक नीतिमा उल्लेख भएपनि पहिलो त्रैमासिकको परिणाम हेर्दा १२ प्रतिशत कर्जा बिस्तार हुनसक्ने नदेखिएको जानकारी दिए । उनले सरकारले बजेटमा परिकल्पना गरेको ६ प्रतिशतको आर्थिक वृद्धि हुन ६५४ अर्बको कर्जा प्रवाह गर्नुपर्ने बताए ।

उनले स्थानीय,राष्ट्रिय अन्तर्राष्ट्रिय,सप्लाई चेन,उपभोक्ताको मागमा कमी भएका कारणले नेपालका व्यवसायीहरुले लगानी गर्न नसकेको बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्