Shikhar Insurance
National Life

वर्षेनी ५ लाख रोजगारीका अवसर सिर्जना गर्न आवश्यक छ : श्रममन्त्री भण्डारी

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १२, सोमबार १६:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वर्षेनी ५ लाख रोजगारीको अवसर सिर्जना गर्न नसकेसम्म वैदेशिक रोजागरीको बाध्यता कायम रहने बताएका छन् । सोमबार काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले हरेक वर्ष नेपालमा ५ लाख मानिस श्रम बजारमा आउने र त्यसमध्ये १ लाख मानिसले मात्रै रोजगारी पाउने गरेको जानकारी दिए । बाँकी ४ लाख मानिसलाई रोजगारी दिन नसकेसम्म वैदेशिक रोजगारीमा जाने मानिसहरुको संख्यामा कमी नहुने बताए । उनले वर्षेनी सरकारले रोजगारीको अवसर सिर्जना गर्नुपर्ने जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अवसर सिर्जना गर्नको निम्ति मुलुकको समष्टिगत राजनीतिक परिस्थितिदेखि सबैकुरा अनुकुल बनिरहेको बताए । उनले वर्तमान सरकार सरकार बनाउनका लागि मात्रै नभइ काम गर्नका लागि बनेको बताए । सरकारलाई असफल हुने छुट नरहेको जानकारी दिए । श्रममन्त्री भण्डारीले मुलुकभित्रका रोजगारका सम्भावनालाई हेर्ने आन्तरिक रोजगार महाशाखा बनाउन लागेको बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्