Shikhar Insurance
National Life

२७.४१ अंकले बढ्यो सेयर बजार, कारोबार रकम ५ अर्ब ३४ करोड

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १२, सोमबार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रा् कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.४१ अंकले बढेर २६४५.३६ बिन्दुमा बन्द भएको छ ।

सोमबार ३०७ कम्पनीको १ करोड ४ लाख १८ हजार ९ सय २६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३४ करोड ४८ लाख ९१२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार नेपाल फइनान्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३३ करोड ७९ लाख ८८ हजार ५१८ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ हजार ४ सय रुपैयाँ पुगेको छ ।

सोमबार २१३ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, सोमबार २ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ भने पिपुल्स हाइड्रोपावरको सेयर मूल्य ६.०२ प्रतिशतले घटेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्