Shikhar Insurance
National Life

सिटिजन्स बैंकले मनायाे साधारणसभा, प्रस्तावित लाभांश पारित

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १२, सोमबार १३:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको साधारण सभाले ४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । बैंकको कात्तिक १२ गते अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा सम्पन्न भएको सभाले सो प्रस्ताव पारित गरेको हो ।

त्यसैगरी, सभाले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट २०८१ असार मसान्तको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमा ४ प्रतिशतले हुन आउने ५६ करोड ८० लाख ३८ हजार ९६० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशतले हुन आउने २ करोड ९८ लाख ९६ हजार ७८७ रुपैयाँ बराबरको नगद लाभांश छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा आव २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ । सभामा आव २०८०/८१ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु सभामा छलफल भई स्वीकृत भएको बैंकले जनाएको छ ।

सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझबढी प्रगति हाँसिल गर्न सक्ने विश्वास सभालाई गराए । साथै, शेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरुले पुर्‍याउनु भएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदाशयता निरन्तर प्राप्त हुने आशा प्रकट गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्