काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन १४ सय रुपैयाँको बढेर नयाँ रेकर्ड कायम राखेको सुनको मूल्य आज ४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ६७ हजार ४ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन आज १ लाख ६७ हजार रुपैयाँमा खरिदबिक्री भएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर २ हजार ६५ रुपैयाँमा किनबेच भएको छ । चाँदी अघिल्लो दिन २ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्