Shikhar Insurance
National Life

आजदेखि समता घरेलु लघुवित्तको एफपीओ बिक्री खुला

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १२, सोमबार १०:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आज कात्तिक १२ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्कासन गर्ने भएको छ ।

संस्थाले साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम सेयर पूँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्न नपुग शेयर सर्वसाधारणमा एफपीओ जारी गर्न लागेको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संस्थाले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयर निष्काशन गर्न लागेको हो । उक्त शेयरका लागि लगानीकर्ताले कात्तिक २० गतेसम्म आवेदन दिन सक्ने संस्थाले जनाएको छ । उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा कात्तिक २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्