Shikhar Insurance
National Life

साढे १ करोड बढी आइपीओ निष्कासन गर्दै मुनलाईट हाइड्रोपावर, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ११, आईतवार १८:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले १ करोड ७६ लाख १० हजार ५० कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता न्युनतम मूल्य १ सय रुपैयाँका दरले १ अर्ब ७६ करोड १० लाख ५ हजार रुपैयाँ बराबरको कित्ता शेयर निष्काशन गर्ने भएको हो ।

मुनलाईट हाइड्रोपावरले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र मुनलाईट हाइड्रोपावरकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले हस्ताक्षर गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपािलकामा रहेका २२.१४ मेगावाट क्षमताको बलेफी—ए जलबिद्युत आयोजना निर्माणाधिन गरी हाल ७० प्रतिशत भन्दा बढि कार्य सम्पन्न भईसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्