Shikhar Insurance
National Life

फोन कलको व्यापार घटेपछि डाटा प्याकमा चर्को प्रतिस्पर्धा गर्दै एनसेल र एनटीसी

रोशनी तामाङ
२०८१ कार्तिक १७, शनिबार ११:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । दुर संचार सेवाप्रदायक २ कम्पनीहरु एनसेल र नेपाल टेलिकम (एनटीसी) बीच कलको व्यापार घटेपछि इन्टरनेट (डाटा) सेवामा प्रतिस्पर्धा सुरु गरेका छन् । एनसेल र टेलिकमले ग्राहकहरुलाई आकर्षित गर्नका लागि विभिन्न नयाँ अफर ल्याउँदै प्रतिस्पर्धा सुरु गरेको हो ।

प्रतिस्पर्धि दुबै कम्पनीहरुले समय समयमा विभिन्न अफरहरु बजारमा सार्वजनिक गर्दै आएका छन् । कम्पनीहरुले डाटा, भ्वाइस र एसएमएसमा दुबै कम्पनीहरु आक्रामक बनेका छन्

Citizen Life
Kumar Bank
Prabhu Insurance

पछिल्लो समय सामाजिक संजालहरु फेसबुक, ह्वाट्सएप, भाइवर, म्यासेन्जर प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । सो कारण दुबै कम्पनीको व्यापार ओरालो लाग्दै गएको छ ।

दसैँतिहार चार्डपर्व अफर

दुबै कम्पनीहरुले अहिलेको दसैँ-तिहार चार्डपर्वमा विभिन्न अफरहरू अघि सारेका छन् । नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ लगायतका चार्डपर्वहरूको अवसरमा असोज १३ गतेदेखि कात्तिक २३ गतेसम्म लागु हुने गरी विभिन्न अफरहरु ल्याएको थियो ।

कम्पनीले सो अफर अन्तर्गत जीएसएम सेवाका ग्राहकहरूका लागि ७९९ मा अल नेट अनलिमिटेड भ्वाइस सुविधा, ४५ जीबी डाटा र ५०० अल नेट एसएमएस सुविधा सहितको ७९९ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरेको थियो । साथै, कम्पनीले २५० रुपैयाँमा १००० मिनेट अल नेट भ्वाइस सुविधा सहितको १००० मिनेट अल नेट भ्वाइस कल अफर र ९९ मा १००० अन नेट एसएमएस सुविधाको १००० अन नेट एसएमएस प्याकेज समेत सञ्चालनमा ल्याएको थियो ।

कुन कम्पनीको डाटा प्याक सस्तो र सुलभ ?

एनसेलले विभिन्न सरल तथा सहज सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ । भ्वाइस कलमा भन्दा डाटा खरिद गरेर अनलाइन सेवाहरुमार्फत नै जोडिने भएकाले एनसेलको डाटा प्याक उपयोगी र लोकप्रिय बन्दै गएको हो । एनसेलको आन्तरिक प्रयोग र डाटा प्याकेज राम्रो, सस्तो र आकर्षक भएकाले ग्राहक आकर्षित भएका छन् ।

कम्पनीले मात्र २९९ रुपैयाँ मै ७ जिबीको डाटा प्याक उपलब्ध गराएको छ । सो डाटा प्याकमा ग्राहकहरुले २८ दिनसम्म  डाटा चलाउँन सक्ने कम्पनीले जनाएको छ । त्यसैगरी, कम्पनीले ग्राहकहरुका लागि २८ दिनका लागि अनलिमिटेड डाटा प्याक पनि उपलब्ध गराएको छ । ग्राहकहरुले ९९९ रुपैयाँमै अनलिमिटेड टाडा प्याक खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

नेपाल टेलिकमले पनि ग्राहकहरुका लागि विभिन्न सेवा सुविधाहरु दिदैँ आइरहेको छ । कम्पनीले ग्राहकहरुका लागि २९ रुपैयाँदेखि ९९९ रुपैयाँसम्मको डाटा प्याक उपलब्ध गराएको छ । टेलिकममा ग्राहकहरुले छोटो समयका लागि कम रकमको पनि डाटा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले २९ रुपैयाँ मै १ जिबीको डाटा प्याक लिन सकिने छन्, जसको समयसिमा १ दिनको मात्रै रहेको कम्पनीको जनाएको छ ।

कम्पनीका अनुसार केही समय तथा छोटो समयको लागि मात्र डाटा खरिद गर्नुपर्ने अवस्था यो लाभदायी हुनेछ । त्यस्तै, कम्पनीले १ दिनको डाटामा अर्को सेवा पनि उवलब्ध गराएको छ । ९९ रुपैयाँमा एकदिन ४ जिबीको डाटाको सेवा उपयोग गर्न सकिने गरी सो सेवा उपलब्ध गराएको कम्पनीले उल्लेख गरेको छ । कम्पनीले १ दिनको लागि मात्र नभइ ७ दिनदेखि २८ दिनसम्मको डाटा प्याक ल्याएको छ ।

कम्पनीले ७ दिनको लागि ५ जिबी र १२ जिबीको डाटा सेवा उपलब्ध गराएको छ । कम्पनीले ५ जिबी डाटाको लागि १०९ रुपैयाँ र १२ जिबी डाटाको लागि १९९ रुपैयाँ तोकेको छ । त्यस्तै, टेलिकमलले २८ दिनका लागि विभिन्न जिबीमा सेवा दिएको छ । २८ दिने डाटामा ७ जिबीदेखि १०० जिबीसम्म सेवा लिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले उक्त डाटा सेवा उपयोग गरेवापत ७ जिबीको डाटाको लागि २९९ रुपैयाँ, १३ जिबी डाटाको लागि ३९९ रुपैयाँ, २० जिबीको लागि ४९९ रुपैयाँ तोकेको छ । त्यस्तै, कम्पनीले ५० जिबीको डाटा प्याकको लागि ८९९ रुपैयाँ र १ सय जिबीको डाटा ९९९ रुपैयाँ खरिद गर्न सकिने जनाएको छ ।

त्यसैगरी, ग्राहकका लागि विभिन्न सेवा सुविधा उपलब्ध गराउँने क्रममा एनसेलले केही समय अघि मात्र टिकटक प्रयोगकर्ताहरुलाई लक्षित गर्दै ‘एनसेल सधै अन’ प्याकेज ल्याएको थियो । टिकटक प्रयोगकर्ताहरुका लागि सधै ननस्टप टिकटकको मज्जा लिन सकिने प्याकेज ल्याएको थियो ।

कम्पनीले न्यूनतम ९९ रुपैयाँदखिको प्याकेज उपलब्ध गराएको थियो । एनसेलले ९९ रुपैयाँ मै ७ दिनका लागि ३ जिबी डाटा पाउने प्याकेज ल्याएको थियो । साथै, यस प्याकेज अन्तर्गत ग्राहकहरुले ४९ मिनेट कल र ४९ वटा एसएमएस गर्न सक्ने कम्पनीले जनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्