Shikhar Insurance
National Life

मादल बेच्ने चटारो, संरक्षण गर्न व्यवसायीको माग

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ११, आईतवार १५:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । तिहार सुरु भएसँगै देउसी भैलोको स्मरण हुन्छ । देउसीमा मादलको धुनमा नाचगान र रमाइलो गरेको पल याद आउँछ । अब यस वर्षको तिहार सुरु हुन केही दिन मात्रै बाँकी छ । त्यसैले पनि अहिले काठमाडौंमा मादल किन्नेहरुको भीड छ । अन्य समयमा खोजि नहुने मादल तिहारको समयमा भने किन्ने र बेच्नेहरुको घुइँचो लाग्छ । विभिन्न जिल्लाबाट मादल खरिद गर्नका लागि काठमाडौं आइपुग्छन् । आफूलाई मन पर्ने मादल छानेर किन्ने र घर लगि तिहारमा रमाउने हेतुले टाढाबाट काठमाडौं मादल किन्न ग्राहकहरु आउने गरेका छन् ।

ओखलढुंगाको केत्तुकेबाट मादल किन्न आएका सुमन तामाङ गाउँ घरमा देउसी, भैलो खेल्नेलाई मादल अनिवार्य हुने र मादल बिना रमाइलो नहुने बताएका हुन् । त्यसैले पनि समूहका लागि मादल किन्न आएको जानकारी दिए । अन्य ठाउँमा भन्दा विष्णु म्युजिक सपमा राम्रो मादल पाइने भएकाले आफू काठमाडौं आएको बताए । उनले आफूले विष्णु म्युजिक सपबाट तीन वर्ष यता मादल किन्ने गरेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

काठमाडौंको विष्णु म्युजिक सप सञ्चालन गर्दै आएको व्यवसायी रिपबहादुर कुलले गत वर्षको तुलनामा यस वर्ष मादलको व्यापार राम्रो रहेको बताए । उनले २५ वर्ष यता काठमाडौंको वसन्तपुर क्षेत्रमा मादल व्यापार गर्दै आएको बताउँदै उनले १३ सयदेखि १२ हजारसम्मका मादल आफूले पसलमा राख्ने गरेको जानकारी दिए । यस वर्ष १५ सयको हाराहारीमा मादल बेच्ने आफ्नो लक्ष्य रहेको बताए। मादलको लागि काठ सहजै पाउने भएपनि छाला भने ल्याउन गाह्रो रहेको बताए ।

उनले नेपाली लोकबाजालाई सरकारले संरक्षण गर्न जरुरी रहेको बताए । एउटा मादल तयार गर्न करिव १० दिन लाग्ने मादल व्यवसायीहरु बताउँछन् । काठ खोपेर ढुङ्ग्रो बनाउनुपर्ने भएकोले अत्याधिक मेहनत र समय लाग्छ । विगतकै मूल्यमा मादल बेचिरहेको र बजार मूल्य चित्तबुझ्दो नरहेको व्यवसायीहरुको भनाइ छ ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्