काठमाडौं । आइतबार सेयर बजारमा गिरावट आएपनि ४ कम्पनीकाे सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । नेप्से परिसूचक ९.१९ अंकले घटेर २६१७.९५ बिन्दुमा बन्द भएको छ ।
आइतबार ३२० कम्पनीको ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार ८६४ रुपैयाँको कारोबार भएको छ ।
आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेसन, रिभर फल्स, माई खोला हाइड्राेपावर, समिृद्ध फाइनान्सको सेयर मूल्यमा सकरात्म सर्किट लागेको छ । साथै, कालिञ्चोक दर्शनको ९.७७ प्रतिशत, मकर जितुमाई सुरी हइड्रोपावरको ७.३९ प्रतिशतले सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्