Shikhar Insurance
National Life

लक्ष्मी सनराइज बैंकले गर्यो पोखरामा सेवा विस्तार

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ११, आईतवार १३:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । लक्ष्मी सनराइज बैंकले कास्कीको पोखरामा शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको पोखरा महानगरपालिका वडा नं २६ स्थित बुढीबजारमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा नं ६ स्थित हल्लनचोक –लेकसाइड) मा स्थानान्तरण गरेको हो ।

सेवा विस्तारकै क्रममा बैंकले आफ्नो २७औं एक्स्टेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । उक्त काउन्टर पोखरा महानगरपलिका वडा नं १६ को बाटुलेचौरमा स्थापना भएको हो । साथै, ग्राहकहरुको सहजता लागि रौतहट जिल्लाको गौर नगरपलिका वडा नं ३ मा स्थित शाखा कार्यालय सोही वडाको ३० मिटर पूर्व तर्फ स्थानान्तरण भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

स्थानान्तरण भए सँगै लक्ष्मी सन्राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्