Shikhar Insurance
National Life

खेतबारीमा रमाउँदै जुम्लाका दीपक, वार्षिक ५ लाख आम्दानी

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ११, आईतवार १०:०३
Hyundai
NCELL
NIMB

जुम्ला । खेतबारीलाई प्रमुख कार्यस्थल बनाएका तिला गाउँपालिका–८ का २२ वर्षीय दीपक रावतले गाउँमा अग्रणी किसानको परिचयमात्र बनाएका छैन लोभलाग्दो आम्दानी पनि गर्दै आएका छन् । जिल्लामा उनी उदाहरणीय उद्यमीका रूपमा चिनिएका छन् ।

उद्यमी रावतले व्यावसायिक ढङ्गले फलफूल नर्सरी मात्र सञ्चालन गर्नुभएको छैन स्याउ, ओखर र बारीमा मौसमी सागसब्जी पनि फालाएका छन् । उनको फार्ममा ओखर र स्याउका बिरुवासँगै अलिपर बोटमा लटरम्म ओखर र स्याउ फल्छन् । यस वर्ष उनले स्याउ बेचेर ४० हजार कमाएको बताए । बिरुवा बेचेर अधिक लाभ हुने बताउँदै उनले स्याउका बिरुवा बेचेर बर्सेनि तीन लाखभन्दा बढी आम्दानी गर्दै आएको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कृषिकर्ममा केन्द्रित उनले हाल दुई सयवटा ओखरका बिरुवा हुकाएका छन् । ‘कर्णाली प्रदेश सरकारको बेरोजगार कृषि प्राविधिक छनोट अनुदान कार्यक्रमबाट छनोट भई कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदानमा ३ लाख लगानीमा तीन हेक्टर जग्गामा स्याउ, ओखरको नर्सरीसँगै सागसब्जी र फलफुलखेतीबाट वार्षिक  तीनदेखि पाँच लाखसम्मको आम्दानी हुने गरेको छ’ भविष्यमा स्याउ ओखर तथा फुलफूलखेती विस्तार गर्ने लक्ष्यका साथ खेती विस्तारमा जुटेको जानकारी दिँदै उनल भने । वार्षिक १० लाख कमाउने लक्ष्यका साथ बोटबिरुवा बाढाएको उनले जानकारी दिए ।

अठार महिना कनिष्ठ प्राविधिक सहायक (जेटिए) का रूपमा काम गरेका तथा वनस्पति र बाली विज्ञान (आइएसएजी) पनि अध्ययन उरेका उनलाई कृषि क्षेत्रमा काम गर्न असहज छैंन । स्वदेशमा व्यावसायिक रूपमा काम गर्नसके अर्काको देशमा गएर पसिना बगाउनु नपर्ने उद्यमी रावतको बुझाइ छ ।

आफ्नो कृषि फार्मका उत्पादन स्थानीय बजार रारासेरी, नाग्म कुडारी र खलङ्गा बजारसम्म पुग्ने गरेको छन् । स्याउ र ओखरका बिरुवा मुगु र कालिकोटबाट पनि किन्न आउने किसानको सङ्ख्या बढेको उनले बताए । उनका अनुसार आपूर्ति गर्न नसकेको बताउँदै उनले राज्यबाट प्राप्त अनुदानले साना किसानलाई उद्यमशील बन्न प्रेरित गरेको अनुभव सुनाए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्