Shikhar Insurance
National Life

अमेरिका पुगेर गभर्नर अधिकारीले भने-‘नेपालको वित्तीय अवस्था सन्तोषजनक छ’

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १०, शनिबार ०७:५६
Hyundai
NCELL
NIMB

वासिङटन डिसी (अमेरिका) । कात्तिकः नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्र स्थिर, मुद्रास्फीति सन्तुलित एवं विदेशी मुद्रा सञ्चिति राम्रो रहेको बताएका छन् ।

शुक्रबार सार्क फाइनान्स गभर्नर्स फोरमको ४६औँ बैठकलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले उक्त धारणा राखेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गभर्नर अधिकारीले भने, “नेपालको विदेशी मुद्रा सञ्चितिले १३ महिनाका लागि वस्तु तथा सेवाको आयातका लागि पर्याप्त छ । नेपालको विप्रेषण आप्रवाहको वृद्धि र वित्त बजार स्थिर रहेको छ ।”

उक्त फोरममा सार्क राष्ट्रका गभर्नरहरूको सहभागिता रहेको थियो । सार्क फाइनान्स गभर्नर्स फोरममा क्षेत्रीय वित्तीय सहयोग, त्यस क्षेत्रमा सहकार्यात्मक अनुसन्धान तथा क्षमता अभिवृद्धिको विषयमा समेत छललफल भएको जनाइएको छ ।

गभर्नर अधिकारी अर्थमन्त्री विष्णु पौडेलेको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा सहभागी भएर विश्व बैङ्कको विभिन्न बैठकमा सहभागिता जनाएका छन् ।

यसैगरी, ‘साइडलाइन’ बैठकअन्तर्गत शुक्रबार नै गभर्नर अधिकारीले पाकिस्तानका गभर्नर जमेल अहम्मदसँग भेटवार्ता गरेका थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्