Shikhar Insurance
National Life

इजरायलले सुरु गर्यो इरानमाथी आक्रमण, इरानी सैन्य क्याम्प निशानामा

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १०, शनिबार ०७:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । इजरायलले इरानमाथी आक्रमण सुरु गरेको छ । शुक्रबार बिहान इरानी सैनिक दललाई निशाना लगाउँदै आक्रमण सुरु गरेको हो ।

इजरायली आक्रमणबाट इरानको राजधानी तेरानमा बिस्फोटको ठूलो आवाज सुनिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । इजरायली डिफेन्स फोर्स (आइडीएफ) का प्रवक्ता ड्यानियल ह्याग्रीले इरानमाथी इजरायलको सबै शक्ति केन्द्रित गरेको बताएका छन् । उनले भनेका छन्, “हामीले इरानमाथी आक्रमण सुरु गरेका छौं, यसका लागि हाम्रो सम्पुर्ण शक्ति केन्द्रित गरेका छौं, इरानी सेनालाई लक्षित गरी आक्रमण गरेका हौं, जसमा न्युक्लियर पावर र तेल भट्टीमा निशाना लगाएका छैनौं, आवश्यकता अनुसार आक्रमण थप गर्दै जान्छौं ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

इरानमाथी हवाई आक्रमण गरिएको इजरायलले जनाएको छ । इजरायलले इरानको सैन्य क्याम्पमा आक्रमण गरेको हो । यसअघि इरानले अक्टोबर १ मा इजरायलमाथी २ सय वटा मिसाइल आक्रमण गरेको थियो । इजरायली प्र।धानमन्त्री बेन्जामिन नेतन्युहुले सो आक्रमणको इरानले चर्को मूल्य चुकाउनु पर्ने चेतावनी दिएका थियो । इजरायली आक्रमणबाट तेरानमा कति क्षति भयो भन्ने विवरण आएको छैन । यद्यपी हवाई सेवा भने इरानले रोकेको छ । इरानले आफ्ना नागरिकलाई नडराउन अपिल गरेपनि सामाजिक संजालमा भने इरानी जनता सुरक्षित नभएको भावना व्यक्त गरेका छन् ।

यो आक्रमणमा संयुक्त राज्य अमेरिकाले भने आफू सहभागी नभएको बताएको छ । अमेरिका अहिले राष्ट्रपति निर्वाचनमा होमिएको छ । इजरायलको आक्रमणलाई राष्ट्रपति जो वाइडेन र कमला ह्यारिसले नजिकबाट नियालीरहको बताएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्