Shikhar Insurance
National Life

तिहार फ्लोरा एक्सपो २०८१ भृकुटीमण्डपमा सुरु

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ९, शुक्रबार १७:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । तिहारको महोत्सव, फूलको उत्सव’ नाराका साथ तिहार फ्लोरा एक्स्पो २०८१ शुक्रबारबाट काठमांडौको भृकुटीमण्डपमा सुरु भएको छ । एक्सपोको उद्घाटन गर्दे बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले सामुदायिक वनभित्रका बाँझो जग्गा नर्सरीका लागि दिने गरी आगामी नीति तथा कार्यक्रममा समावेश गरिने प्रतिबद्धता जनाए । पुष्प व्यवसाय प्रवर्धनका लागि बजेटको व्यवस्था गरिने उनको भनाइ थियो ।

‘रैथाने जातका लालीगुराँस, सुनगाभालाई पनि विश्वबजारमा लैजाने गरी उत्पादन गर्न जोड दिंदै , यस्ता उत्पादन निर्यात गरेर युवालाई स्वदेशमै रोजगार सृजना गर्न सकिने मन्त्री सिलवालले बताए । प्राकृतिक फूलको प्रयोग गरी प्लाष्टीकजन्य फूलको प्रयोग पुर्णरुपमा निषेध गर्न सुझाउदै गत असोज दोस्रो साताको अविरल वर्षाका कारण नर्सरी व्यवसायमा भएको क्षतिको विवरण पेश गरे राहतका लागि सहयोग हुने पनि मन्त्री सिलवालले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मेला संयोजक एवम् नर्सरी ब्यवसायीसंघ नेपालको उपाध्यक्ष लक्ष्मी महर्जनले ‘पाँचदिन सम्म चल्ने तिहार फ्लोरा एक्स्पो–२०८१ मा ६५ वटा फूल तथा नर्सरीको व्यावसायिक स्टल तथा परामर्श कक्षको ब्यवस्था पनि भएको बताए । उनले पांच दिनसम्म चल्ने मेलामा ७० लाख बढीको कारोवार हुने अपेक्षा राखेको बताए ।

वनस्पति विभागका महानिर्देशक डा सञ्जीवकुमार राईले प्लाष्टिकजन्य फूलको आयातले स्वदेशी बजारमा समस्या आएको बताउंदै सयपत्री, मखमली, गोदावरीजस्ता विदेशबाट आएका फूलभन्दा स्वदेशीलाई प्रवर्द्धन गर्न जोड दिए । गत वर्ष आयातीत सयपत्री फूलका कारण नेपाली फूल बिक्री नभएपछि विभागको प्राकृतिक अनुसन्धानशालाले फूड सप्लिमेन्ट र सौन्दर्य सामग्री निर्माण भएको उनले सुनाए । यो अनुसन्धानबाट तीन वटा उद्योग पनि दर्ता भएको महानिर्देशक राईले सुनाए ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका वस्तुगत उपाध्यक्ष मोहन कटुवालले नेपालमा ८० प्रतिशतभन्दा धेरै लघु तथा घरेलु उद्योग भए पनि सरकारले भने यिनको प्रवर्द्धनमा ध्यान नदिएकामा गुनासो गरे । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवम् निर्यात प्रवर्द्धन समितिका संयोजक नरेशलाल श्रेष्ठले कृषि, ऊर्जा र पर्यटन क्षेत्रमा सहुलियत कर्जाको व्यवस्था गरी देशमै रोजगारी प्रवर्द्धन गर्न सकिने बताए । निर्णायक समितिका सदस्य रवीन्द्र थापालगायतले पुष्प विकास केन्द्रका प्रमुख रबिन्द्र थापाले सयपत्री फूलको प्रवर्द्धनका लागि सरकारी नीति तथा कार्यक्रम र बजेटमा व्यवस्था भएपनि कार्यान्वयन हुन नसकेकाले कार्यान्वयनका लागि सरकारी तथा गैरसरकारी निकायबीच समन्वय हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नर्सरी व्यवसायी संघ नेपाल अध्यक्ष रामजीप्रसाद तिमिल्सेनाले बिदेशी फूल बिरुवा आयातलाई निरुत्साहीत गर्न र स्वदेशी फूल नर्सरी तथा जडीबुटीको प्रबद्र्धनको लागि मेला सझा प्लाटफर्म भएका्े बताए । मेलामा संस्थाले व्यवसायीहरुको क्षमता विकासका लागि स्वस्थ प्रतिश्पर्धा गराई व्यवसायीहरुको हौसला बढाउन भन्दै ७ बिधामा उत्कृष्ट भएकालाई शिल्ड, नगद तथा प्रमाण पत्र सहित सम्मान गर्यो । सयपत्री बिधामा उत्कृष्ट अलटपीकल प्लानट हाउस , गोदावरी बिधामा दिक्षा नर्सरी ,मखमली बिधामा गुहेश्वरी नर्सरी फ्रुट प्लान्ट बिधामा दिक्षा नर्सरीलाई नगद ५ हजार सहित सम्मान गरीयो । त्यस्तै मेलामा राखीएका स्टलको प्रतिस्पर्धामा तेश्रो खड्का नर्सरी ,दोश्रो अल टपीकल प्लान्ट हाउस र पहिलो गुहेश्वरी नर्सरीलाई क्रमश ५ हजार ८ हजार र १० हजार नगद सहित संघले सम्मान गरेको छ ।

मेलामा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारीक फूल विरुवाहरु लगायत कृषि तथा वन, जडिबुट्टी नर्सरी, फलफूल नर्सरी बाट उत्पादित विविध ७ सय बढी प्रजातीका बोटविरुवाहरु प्रदर्शनी तथा विक्रि वितरणको लागि राखीएको छ । साथै मलखाद, अर्गानिक एवं रासायनिक बिषादी, विउ विजन, औजार उपकरण तथा प्रविधिहरुको समेत स्टल राखीएको छ । एक्सपो अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रतिव्यक्ति एक सय रुपैयाँ, विद्यार्थीहरू र जेष्ठ नागरिकको लागि प्रति व्यक्ति ५० रुपैयाँ तोकिएको छ । मेलको पहिलो दिन फूल तथा नर्सरीका पारखीहरु र अवलोकनकर्ताहरुको भीडभाड रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्