Shikhar Insurance
National Life

आइतबारदेखि तिहारलाई सुनको असर्फी र चाँदीका सिक्का बेच्दै राष्ट्र बैंक, यस्तो छ निर्धारित मूल्य

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ९, शुक्रबार १७:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारदेखि चाँदीका सिक्का बिक्री गर्ने भएको छ । राष्ट्र बैंकको टक्सार महाशाखाले बिहिबार एक सूचना जारी गर्दै आइतबार अर्थात कात्तिक ११ गतेदेखि चाँदीको सिक्का बिक्री गर्न लागिएको जानकारी दिएको हो ।

सुनको असर्फीको अभावका कारण भने, महाशाखाले कात्तिक १३ गते मात्र एक दिनको लागि सुनको असर्फी बिक्री गर्ने महाशाखाले जनाएकाे छ । महाशाखाद्वारा तिहारका लागि निर्धारित नयाँ मूल्यअनुसार १० ग्राम लक्ष्मी मेडालिनयन, गणेश मेडालिनयन, गज लक्ष्मी मेडालियनको मूल्य २२ सय तोकेको । यसअगाडि यी मेडालियनको मूल्य २ हजार रूपैयाँ थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै, १५ ग्राम टक्सार यान्त्रिकरणको मूल्य ४१ सयबाट ४४ सय, ३१. १०३ ग्राम राज्यरोहण १ ओजेडको ७ हजार ९ सय ५० बाट ८ हजार ५ सय ७५ पुगेको छ । यसैगरी, २५ ग्राम गाई मेडालियनको ५ हजारबाट ५ हजार ५ सय रूपैयाँ, १० ग्राम गाई मेडालियनको २ हजारबाट २ हजार २ सय रूपैयाँ पुगेको महाशाखाले जनाएको छ ।

यसैगरी कात्तिक ११ गतेदेखि कात्तिक १४ गतेसम्म चाँदीका स्मारिका तथा मेडालियन बिक्री खुला गरिने महाशाखाले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्