Shikhar Insurance
National Life

रवि लामिछाने मुछिएको संगठित अपराधमा राम बहादुर खनाल पनि समातिए

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ९, शुक्रबार १६:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको सहकारी ठगि प्रकरणमा अर्का व्यक्ति पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान ब्यूरो ( सिआईबी)ले अर्का आरोपित राम बहादुर खनाल पक्राउ परेका हुन् ।

कृष्ण प्रसाद जैसी समेतको जाहेरी र प्रहरी प्रतिवेदनले वादी नेपाल सरकार प्रतिवादी रवि लामिछाने समेत भएको मुद्दामा खनाल पक्राउ परेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सुर्यदर्शन वचत तथा ऋण सहकारीमा रकम ठगी तथा संगठित अपराध सम्बन्धी कसूर मुद्दाको अनुसन्धानको क्रममा वारदातमा संलग्न नेचर हवर्स इन्टरनेशनल प्रा.लि. र गोरखा ग्रुप अफ कंपनी लिमिटेडको संचालक एवं शेयरधनी राम बहादुर खनाल पक्राउ परेका हुन् ।

प्रहरीले खनाललाई पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्