काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल अपरच्यूनिटी फण्ड–१ मा ३८ करोड ५० लाख रुपियाँ लगानी गर्ने भएको छ ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त गरेपछि आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेडको व्यवस्थापनमा सञ्चालित उक्त प्राइभेट इक्वीटी फण्डमा १००० प्रति इकाईका दरले ३ लाख ८५ हजार इकाई खरिदको सम्झौता भएको हो ।
लगानी सम्बन्धि हिजो (बिहिबार) सम्झौता भएको थियो ।
प्रतिक्रिया दिनुहोस्