Shikhar Insurance
National Life

अमेरिकी लगानीकर्तालाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ९, शुक्रबार ११:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल विदेशी लगानीकर्ताका लागि अब्बल गन्तव्य भएको उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताएका छन् ।   भारत लगायत विकसित मुलुकहरुमा प्राप्त भन्साररहीत पहुँच एवं उर्जा खरिद बिक्री सम्झौता लगायतका कारण नेपाल विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य बन्ने अध्यक्ष ढकालले बताएका हुन् ।

अमेरिकाको वासिंगटनमा युएस चेम्बर अफ कमर्शले आयोजना गरेको कार्यक्रममा नेपाली र विदेशी बजार समेतलाई हेरेर नेपालमा लगानी गर्न अध्यक्ष ढकालले आग्रह गरेका हुन् । उनले नेपालमा उत्पादन गरी यहाँको बजारसंगै विश्व बजारमा बिक्री गर्न सकिने सम्भावना तर्फ लगानीकर्ताको ध्यानाकर्षण गराएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसैगरी, भारतसFग भएको दश हजार मेगावाट बिजुली खरिद सम्झौता र हालै बंगलादेशसंगको समझदारीले जलविद्युतमा अपार सम्भावना देखिएको जानकारी पनि अमेरिकी लगानीकर्ताहरुलाई दिए ।

नेपालको प्रकृति र संस्कृतिको मिश्रणले पर्यटकहरुलाई आकर्षित गर्ने बताउँदै पर्यटन पुर्वाधारमा लगानी गर्न पनि अध्यक्ष ढकालले आव्हान गरे । संसारको सबैभन्दा बढि जनसंख्या रहेको भारतीय सिमाबाट औसत दुइ घण्टाको दुरीमा शीतल र स्वस्थ वातावरण सहितको हिलस्टेसन विकास गर्न सकिने सम्भावना उनले लगानीकर्ताहरुलाई देखाए ।

लगानी सहजीकरणका लागि महासंघले एफडिआइ हेल्प डेस्क स्थापना गरेको जानकारी दिंदै अध्यक्ष ढकालले आवश्यक सहजीकरण गर्नेबारे लगानीकर्तालाई आश्वस्त पारे । महासंघले एफडिआइ हेल्पडेस्क मार्फत सहजीकरण गरिरहेको छ ।

नेपालमा पर्याप्त विदेशी मुद्राको संचिति रहेको बताउँदै अध्यक्ष ढकालले लगानीको जोखिम न्युन हुँदै गएको बताए । साथै, सरकारले कानुन सुधार र द्धिपक्षीय लगानी सम्झौताको खाका तयार पारेको पनि उनले जानकारी गराए । अध्यक्ष ढकाल विश्व बैंकको वार्षिक वैठकमा सहभागि हुने क्रममा वासिंगटनमा छन् । यसअघि उनले अन्तराष्टिय वित्त निगमका उच्च अधिकारीहरुसंग पनि भेटघाट गरेका थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्