Shikhar Insurance
National Life

लाभांश प्रस्ताव पारित गर्न सगरमाथा जलविद्युतले बोलायो साधारणसभा

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ९, शुक्रबार ११:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आव २०८०।८१ का लागि ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

कम्पनीले प्रस्तावित लाभांश पारित गर्न मंसिर १४ गते काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बस्ने गरी साधारण सभा बोलाएको छ । सभामा गत आर्थिक वर्षको वासलात,नाफा नोक्सान हिसाब तथा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित गत चालु आर्थिक वर्षका लागि लेखापरीक्षको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले साधारणसभा प्रयोजनका लागि कात्तिक २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन पाउँने कम्पनीले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्