Shikhar Insurance
National Life

बलेफी हाइड्रोपावरको बुक क्लोज मिति निर्धारण

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ९, शुक्रबार १०:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रयोजनार्थका लागि बुक क्लोज मिति तय गरेको छ। कम्पनीको कात्तिक ८ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर जारी गर्न कात्तिक २१ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।

कात्तिक २० गतेसम्म नेप्से कारोबारमा कायम सेयरधनीहरु मात्रै यो कम्पनीका हकप्रद सेयर भर्न योग्य हुने कम्पनीले सूचनामार्फत जनाएको छ । नेपाल धितोपत्र धितोपत्र बोर्डले यसअघिनै बलेफी हाइड्रोलाई १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद सेयर जारी गर्न अनुमति दिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले चुक्ता पुजीको १:१ अर्थात १ सय प्रतिशत अनुपातमा प्रतिसेयर १ सय रुपैयाँ अंकित दरले हकप्रद सेयर जारी गर्न लागेको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्