Shikhar Insurance
National Life

लिबर्टी इनर्जीको हकप्रद सेयर जारी गर्न बुक क्लोज मिति तय

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ९, शुक्रबार १०:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । लिबर्टी इनर्जी कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनार्थका लागि बुक क्लोज मिति तय गरेको छ। कम्पनीकाे कात्तिक ८ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर जारी गर्न कात्तिक २१ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।

कात्तिक २० गतेसम्म नेप्से कारोबारमा कायम सेयरधनीहरु मात्रै यो कम्पनीका हकप्रद सेयर भर्न योग्य हुने कम्पनीले सूचनामार्फत जनाएको छ । नेपाल धितोपत्र बोर्डले असोज २३ गते लिबर्टी इनर्जीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको थियो । कम्पनीले चुक्तापुँजीको १:०.५० अनुपातमा हकप्रद सेयर सेयरधनीहरुलाई बिक्री खुला गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयरको प्रतिकित्ता न्युनतम मूल्य १०० रुपैयाँका दरले कुल ७५ लाख कित्ता हकप्रद सेयर जारी गर्ने कम्पनीले जनाएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्