Shikhar Insurance
National Life

बजाजले ल्यायो मोटरसाईकल साटा-साटको आकर्षक योजना

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ८, बिहीबार १८:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले मोटरसाईकल साटा–साटको आकर्षक योजना शुरू गरेको छ । कम्पनीले जुन सुकै मोडल र जुनसुकै ब्राण्डको मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाईकल साटा–साट गर्न सकिने आकर्षक योजना ल्याएको हो ।

हंसराज हुलास चन्द एण्ड कम्पनी प्रा.लि का निर्देशक अभिमन्यु गोल्छाले भने, ‘बजाज बाईकको लोकप्रियता र हाम्रा ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै हामीले यो सुनौलो योजना शुरु गरेका हौं । साथै हाम्रा ग्राहकहरूका लागि यस्ता नयाँ नयाँ योजनाहरु अझ अरू पनि ल्याउने प्रतिवद्धता पनि व्यक्त गर्दछौ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

झण्डै ८० भन्दा धेरै देशमा लोकप्रियता हासिल गरेको बजाज मोटरसाइकलको यो साटासाट कार्यक्रम अन्तर्गत तुरुन्त फाइनान्सको व्यवस्था गरिनुका साथसाथै यस कार्यक्रम अन्तर्गत मोटरसाइकल साटासाट गरेका ग्राहकहरूलाई नि:शुल्क बजाज मोटरसाइकलका सामग्रीहरु उपलब्ध गराउने व्यवस्था पनि गरेको कम्पनीले जनाएको छ ।

यो योजना कात्तिक ८ गतेदेखि शुरू भएको कम्पनीले जानकारी दिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्