Shikhar Insurance
National Life

दशैँपछि ‘रोलर कोष्टर राइड’मा सेयर बजार, घट्दो ब्याजदर र बढ्दो तरलतामा पनि किन बढेन ?

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ८, बिहीबार १८:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । दशैँ पछि हप्ताको पाँचै दिन कारोबार भएको सेयर लगानीकर्ताहरुका लागि भने सु:खद रहेन । कारोबार रकममा भने सामान्य सुधार देखिएको  सेयर कारोबारीहरुले भने ‘सेयर रोलरकोष्टर राइड’को अनुभव बटुलेका  छन् । गत साता ७७.१९ अंकले बढेको बजार यो साता भने ७८.२२ अंकले घटी २६६७.१४ अंकमा बन्द भएको छ ।

बजारमा मंगलबार मात्रै केहि हरियाली देखिएको भएपनि साताको चारैदिन भने बजार राताम्यै भएको छ । आइतबार देखि बिहीबार सम्मा २९ अर्ब ९५ करोड ७ लाख ७५ हजार २ सय ४७.३२ रुपैयाँमा ९ करोड ४५ लाख ८९ हजार ६ सय ९९ कित्ता सेयर किनबेच भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साताको पहिलो कारोबार दिन अर्थात् कात्तिक ४ गते सेयर बजार दोहोरो अंकले घटेको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ बिन्दुमा बजार बन्द भएको थियो । आइतबार ३ सय १५ कम्पनीको २ करोड ८ लाख ६८ हजार ९ सय १९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १८ कारेड २ लाख ६२ हजार ५ सय ७२ रुपैयाँको कारोबार भएको थियो ।

साथै, सो दिन १ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको थियो भने एक कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको थियो । साताको दोस्रो कारोबार दिन अर्थात् कात्तिक ५ गते सेयर बजारमा उच्च अंकको गिरावट आएको थियो । नेप्से परिसूचक ५७.९९ अंकले घटेर २६३९.८३ बिन्दुमा पुगेर बजार बन्द भएको थियो ।

सोमबार ३ सय १९ कम्पनीको १ करोड ३८ लाख ६३ हजार ४ सय ४३ कित्ता सेयर ५ अर्ब ९० कारोड रुपैयाँमा कारोबार भएको थियो । सोमबार २३ कम्पनीको सेयर मूल्य बढ्दा २ सय २१ कम्पनीको सेयर मूल्य घटेको थियो ।

साथै, सोमबार १ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको थियो भने ङादी हाइड्रोपावरको सेयर मूल्य ९.२० अंकले घटेको थियो । साताको तेस्रो कारोबार दिन अर्थात कात्तिक ६ गते मंलबार भने सेयर बजारमा दोहोरो अंकको सुधार देखा परेको थियो । नेप्से परिसूचक २५.८८ अंकले बढेर २६६५.८१ को बिन्दुमा पुगेर बजार बन्द भएको थियो ।

मंगलबार ३ सय १४ कम्पनीको १ करोड ९ लाख ६२ हजार २ सय ८१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १७ कारोड १६ लाख ६५ हजार ६ सय १९ रुपैयाँको कारोबार भएको थियो । सो दिन १९९ कम्पनीको सेयर मूल्य बढ्दा ४० कम्पनीको सेयर मूल्य घटेको थियो भने ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो ।

साथै, मंगलबार १ कम्पनीको सेयर मूल्यमा ८.८६ प्रतिशतले बढेको भने वीन नेपाल लघुवित्तको सेयर मूल्य ४.७५ प्रतिशतले घटेको थियो । साताको चौथो कारोबार दिन अर्थात कात्तिक ७ गते सेयर बजारले अघिल्लो दिनको लयलाई कायम राख्न सकेन । सो दिन बजार दोहोरो अंकले घटेको थियो । नेप्से परिसूचक २०.४१ अंकले घटी २६४५.३९ बिन्दुमा पुगेर बजार बन्द भएको थियो ।

बुधबार ३ सय २३ कम्पनीको १ करोड ५७ लाख ४२ हजार ५ सय १४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार ८ सय ५३ रुपैयाँको कारोबार भएको थियो । बुधबार ७६ कम्पनीको सेयर मूल्य बढ्दा १५५ कम्पनीको सेयर मूल्य घटेको थियो भने १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो । साथै, बुधबार १ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो ।

साताको अन्तिम कारोबार दिन अर्थात कात्तिक ८ गते सेयर बजार १८.२५ अंकले घटेर २६२७.१४ मा पुगेको छ ।

बिहीबार ३१७ कम्पनीको १ करोड २२ लाख ८३ हजार ६२३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४१ करोड ९१ लाख ४ हजार १ सय ५७ रुपैयाँको कारोबार भएको छ । बिहीबार ६७ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज नेपाल एसबीआई बैंकको सेयर ९.७५ प्रतिशतले बढेको छ भने रावा इनर्जी डेभलपमेन्टको सेयरमा नकरात्मक सर्किट लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्