Shikhar Insurance
National Life

१८.२५ अंकले घट्यो सेयर बजार, कारोबार रकम साढे ५ अर्ब

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ८, बिहीबार १५:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८.२५ अंकले घटेर २६२७.१४ मा पुगेको हो ।

बिहिबार ३१७ कम्पनीको १ करोड २२ लाख ८३ हजार ६२३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४१ करोड ९१ लाख ४ हजार १ सय ५७ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहिबार एनएलजी इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३४ करोड ३१ लाख २० हजार ६५४ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ हजार ३ सय ५७ रुपैयाँ रहेको छ ।

बिहिबार ६७ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज नेपाल एसबीआई बैंककोे सेयर ९.७५ प्रतिशतले बढेको छ भने रावा इनर्जी डेभलपमेन्टको सेयरमा नकरात्मक सर्किट लागेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्