Shikhar Insurance
National Life

महानगरले माग्यो स्वास्थ्य विभागको लागी १ सय ८ जना कर्मचारी

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ८, बिहीबार १३:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं महानगरपालिकाले करार कर्मचारी विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । महानगरले आज एक सूचना प्रकाशन गर्दै ८ पदको लागि स्वास्थ्य विभागको लागि कर्मचारी माग गरेको हो ।

महानगरले मेडिकल अधिकृत ४ जना, ल्याब टेक्निसियन २९, फिजियोथेरापी असिस्टेन्ट ३२ जना, स्टाफ नर्स ५ जना, फार्मेसी सहायक १० जना, रेडियोग्राफर १ जना, तथ्याङ्क सहायक र कार्यालय सहयोगी २६ जना गरी कूल १ सय ८ जना कर्मचारी माग गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महानगरले लोक सेवाबाट सिफारिस वा अन्यत्रबाट स्थायी प्रकृतिको कर्मचारीहरु सरुवा भई नआएसम्म आव असार मसान्तसम्मका लागि करारमा कर्मचारी चाहिएका सूचनामार्फत जानकारी गरेको छ ।

साथै, उक्त पदको लागि नेपाली नागरिकहरुले सूचना प्रकाशन भएको १५ दिनभित्र आवश्यक कागजात संकलन गरी शौक्षिक योग्यता अनुभव पुगेको व्यक्तिहरुले महानगरको वेबसाइट  www.kathmadu.gov.npl  मा रहेको अनलाइन आवेदन पेश गर्न सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्