काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ औं वार्षिक साधारण सभा बोलाएको छ । कात्तिक ८ गते बिहान बसेको सञ्चालक समितिको बैठकले सभा संसिर ७ गते होटल उग्रचण्डी बनेपामा दिउँसो ३ बजे बस्ने आव्हान गरेको हो ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) स्वीकृत गर्नेछ ।
सभामा वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ ।
सभामा चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
सभामा प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि र अन्य उपयुक्त संस्थासँग मर्जर र सो सम्बन्धी अन्य आवश्यक कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि रहेका छन् ।
साथै, सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २५ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार कात्तिक २१ गतेसम्म कायम सेयरधनीहरू सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्