काठमाडौं । असोज २३ गतेदेखि लगातार बढीरहेको सुनको मूल्य आज (बिहिबार) ७ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन ८ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम राखेको सुनको भाउ आज ७ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार अघिल्लो दिन १ लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ लाख ६६ हजार रुपैयाँमा किनबेच भएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला ४० रुपैयाँले घटेर २ हजार ९५ रुपैयाँमा कारोबार भएको छ । चाँदी अघिल्लो दिन २ हजार १ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्