काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवण कुमार रावलको निधन भएको छ । रावलको भक्तपुरस्थित नागरिक अस्पतालमा बिहीबार बिहान उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले पुष्टि गरेको छ ।
राति अचानक मुटुमा समस्या भएपछि उनलाइ नागरिक अस्पताल पुर्याइएको थियो। अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । ६१ बर्षिय रावलको परिवारमा श्रीमति, एक छोरा र छोरी छन् ।
निर्जीवन बीमा कम्पनीमा दुइ दशकभन्दा लामो अनुभव भएका रावलले नेको इन्स्योरेन्समा सहायक महाप्रबन्धक, सगरमाथा इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृत र प्रुडेन्सियल इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।
प्रतिक्रिया दिनुहोस्