Shikhar Insurance
National Life

बाढीपहिरो पीडितलाई शिखरले गर्‍यो ६० प्रतिशत दाबी भुक्तानी

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ७, बुधबार १७:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । असोज ११ गते देशभर परेको अविरल वर्षा, बाढी र पहिरोका कारण क्षति भएका पूर्वाधारहरुमा बीमा कम्पनीहरुले धमाधम बीमा दाबी भुक्तानी गरिरहेका छन् । ती मध्ये शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले प्राप्त भएका विपद् बीमा दाबीहरुमध्ये हालसम्म ६० प्रतिशत बीमा दाबी संख्याको दाबी भुक्तानी गरिसकेको छ ।

कम्पनीले दाबी रकम निक्यौल गर्नका लागि केही दाबीहरूमा आवश्यक कागजात उपलब्ध नभएका कारण भुक्तानी हुन नसकेको र आवश्यक कागजात उपलब्ध गराई दाबी रकम लिन समेत आग्रह गरेको छ । साथै, कम्पनीबाट नियुक्त सर्भेयरहरूलाई समेत यथाशक्य चाँडो सर्भे प्रतिवेदन पेश गरी सहज तथा शिघ्र दाबी व्यवस्थापनका लागि सहयोग गर्न कम्पनीले अनुरोध गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले बाढीबाट क्षति भएको सम्पत्तिको मर्मत गर्न, आवश्यक कागजात तयार गर्न तथा सर्भे गर्न समय लाग्ने ठूला सम्पत्तिहरुको अग्रिम दाबी भुक्तानी गर्दै आएको छ । त्यस्तै, ग्राहकको अपेक्षाभन्दा उच्च गुणस्तरीय सेवा प्रदान गरी बीमा उद्योगका लागि नयाँ मापदण्ड तय गर्ने कम्पनीको उद्देश्य रहेको पनि कम्पनीले जनाएको छ ।

कम्पनीले दाबी प्रक्रिया सम्बन्धी थप सहयोग तथा जानकारीका लागि कम्पनीको सम्बन्धित प्रतिनिधि ९८०२३२०८२०, ९८०२३३६४६५, ९८०११५०४४६, ९८४९६७०२६२ नम्बरमा सम्पर्क गर्न सक्ने जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्