Shikhar Insurance
National Life

२३.१६ प्रतिशत बढ्यो मुक्तिनाथ विकास बैंकको नाफा

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ७, बुधबार १६:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । मुक्तिनाथ विकास बैंकले २८ करोड १८ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आवको सोही अवधिको तुलनामा चालु आवको सोही अवधिमा २३.१६ प्रतिशतले बढी नाफा कमाएको हो । बैंकले गत वर्ष २२ करोड ८८ लाख ७ हजार रुपैयाँ नाफा आर्ज गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी २ अर्ब ८७ करोड ५० लाख ९८ हजार रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा ६२ करोड ९० लाख ८६ हजार रुपैयाँ पुगेको छ । बैंकको संचालन मुनाफा ४० करोड ३२ लाख ४२ हजार रुपैयाँ, निक्षेप संकलन १ खर्ब १० अर्ब ८० करोड २० लाख ८० हजार रुपैयाँ र कर्जा संकलन ९४ अर्ब ७२ करोड ९ लाख ७७ हजार रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको खराब कर्जा बढेर ३.१६ प्रतिशत, प्रतिसेयर आम्दानी १६ रुपैयाँ प्रतिसेयर नेटवर्थ १५४.१० रुपैयाँ रहेको छ । हाल बैंकको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्