काठमाडौं । सातको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २०.४१ अंकले घटेर २६४५.३९ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
बुधबार ३ सय २३ कम्पनीको १ करोड ५७ लाख ४२ हजार ५ सय १४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार ८ सय ५३ रुपैयाँको कारोबार भएको छ ।
बुधबार आइसीएफसी फाइनान्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४३ करोड ४४ लाख ४३ हजार ६ सय २१ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ८ सय २३ रुपैयाँ ९० पैसा रहेको छ ।
बुधबार ७६ कम्पनीको सेयर मूल्य बढ्दा १५५ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, बुधबार १ कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ भने माहुँली लघुवित्तको सेयर मूल्य ४.२८ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्