Shikhar Insurance
National Life

३९.९७ प्रतिशतले बढ्यो नबिल बैंकको नाफा, वितरणयोग्य मुनाफा कति ?

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ७, बुधबार १४:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको तुलनामा ३९.९७ प्रतिशत बढी हो । बैंकले गत आव बैंकको नाफा १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ रहेको थियो ।

खुद ब्याज आम्दानी १० अर्ब ८१ करोड ९९ लाख ९० हजार रुपैयाँ रहेको छ । बैंकको सञ्चालन मुनाफा २ अर्ब ८९ करोड ३४ लाख ५९ हजार रुपैयाँ भने बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ९८ करोड १२ लाख रुपैयाँ रहेको छ । बैंकको कर्जा संकलन ३ खर्ब ८१ अर्ब २८ करोड ९० लाख ६७ हजार रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ रुपैयाँ र जगेडा कोषमा ५ अर्ब १३ करोड ८२ लाख ७६ हजार रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ८३ पैसा, नेटवर्थ प्रतिसेयर २२९.४८ रुपैयाँ, बेस रेट ७.०२ र कष्ट अफ ५.३१ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्