Shikhar Insurance
National Life

असोज महिनामा घट्याे आयात निर्यात, बढ्याे राजस्व संकलन

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ७, बुधबार १४:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ असोज महिनाको तथ्याङ्क अनुसार आयात ४.१७ प्रतिशत घटेको छ । चालु आवको ३ महिनामा नेपालले ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख २१ हजार रुपैयाँ बराबरको आयात भएको छ । गत आव सोहि अवधिमा भने ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख ७५ हजार रुपैयाँ आयात भएको थियो ।

सोहि अवधिमा निर्यात ६.११ प्रतिशत घटेर ३८ अर्ब ३७ करोड ८७ लाख १७ हजार रुपैयाँ कायम भएको छ । गत आवको सोहि अवधिमा ४० अर्ब ८७ करोड ४८ लाख ९१ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो अवधिमा वैदेशिक व्यापार घाटा ३.९६ प्रतिशतले प्रतिशत घटेर ३ खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख ४ हजार रुपैयाँ पुगेको छ । २ महिनाको आयातबाट सरकारले १ खर्ब १२ अर्ब १२ करोड २३ लाख २८ हजार राजस्व संकलन गरेको छ । चालु वर्षको असोज महिना सबैभन्दा धेरै आयात हुने वस्तुहरुमा पेट्रोल, डिजेल, ग्याँस रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्