काठमाडौं । लेमिनार टायल्स्को उत्पादक कम्पनी, लुम्बिनी सेरामिक्स लिमिटेडले आईएसओ मापदण्डहरुको पालना गरी विश्वस्तरीय भिट्रिफाइड टायलहरुको उत्पादनको प्रमाणीकरण हासिल गरेको छ ।
लुम्बिनी सेरामिक्स्ले गुणस्तरीय व्यवस्थापन प्रणालीको लागि ‘आईएसओ ९००१:२०१५’, वातावरणीय व्यवस्थापन प्रणालीको लागि ‘आईएसओ १४००१:२०१५’ र व्यवसायिक स्वास्थ्य र सुरक्षा व्यवस्थापन प्रणालीको लागि ‘आईएसओ ४५००१:२०१८’ गरी तीनवटा विधाहरुमा प्रमाणपत्र पाएको हो ।
बलियो र चुस्त व्यवस्थापन अभ्यास, कर्पोरेट सुशासन र अन्तराष्ट्रियरुपमा प्रचलित उत्पादनको सिद्धान्त एवं मान्यताहरुलाई अंगिकार गरी नेपाललाई विश्वब्यापी उत्पादन अभ्यासको मापदण्डमा उभ्याउने उदेश्यले लुम्बिनी सेरामिक्स् लिमिटेडको स्थापना भएको कम्पनीले जनाएको छ । अन्तराष्ट्रिय मान्यता बोकेको क्ष्क्इ प्रमाणीकरणले कम्पनीको गुणस्तरीय व्यवस्थापन, वातावरणीय व्यवस्थापन र व्यवसायिक स्वास्थ्य तथा सुरक्षा ब्यवस्थापन प्रणालीप्रतिको दृष्टिकोण एवं प्रतिबद्धतालाई पुर्नअनुमोदन गरेको कम्पनीले जनाएको छ ।
‘यस उपलब्धि हाम्रो कम्पनीको लागि एक महत्त्वपूर्ण कोशेढुंगा साबित भएको छ, जसले कार्यसंचालनको सम्पूर्ण पक्ष र आयामहरुमा उत्कृष्टताको अभ्यास हासिल गर्ने हाम्रो दह्रिलो प्रतिबद्धलाई समर्थन गरेको छ’ आईएसओ प्रमाणीकरणबारे बोल्दै कम्पनीका प्रबन्ध निर्देशक आशुतोस खेतानले भने ‘गुणस्तरीय बस्तुहरु उत्पादन र वितरणलाई सुनिश्चित गर्नको लागि हामी निरन्तररुपमा गुणस्तर नियन्त्रण र ब्यवस्थापन प्रक्रियाहरुलाई थप मजबुत बनाउँदै लैजाने छाैँ ।’
उनले गुणस्तर र सुरक्षाको सवालमा अन्तराष्ट्रिय मापदण्डहरुलाई पछ्याउनेमात्रै नभइ कम्पनीले सोभन्दा माथिका मापदण्डहरु कायम समेत गर्ने जानकारी दिए ।
बर्दियाको गुलरियास्थित साँढे १२ बिगाह जमिनमा फैलिएको यूरोपेली गुणस्तरको अत्याधुनिक प्रविधीयुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्स्को उत्पादन भइरहेको छ । करिब ५०० वटाभन्दा बढी आकर्षक डिजाइनहरुमा यि टायलहरु चारवटा आकार (१६X१६ इञ्च, २X२ फिट, २X४ फिट र ८ इञ्चह४ फिट) मा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
करिब ९९.९२ प्रतिशतसम्मको वाटर प्रुफ लेमिनार टायल्स् उच्चस्तरीय उत्पादनको प्रक्रिया र कच्चा पदार्थको प्रयोगको कारण सेरामिक लगायत अन्य टायलको तुलनामा तीन गुणासम्म बढी टिकाउ क्षमताका छन् ।
प्रतिक्रिया दिनुहोस्