काठमाडौं । एनआईसी एसिया बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ११ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आवमा १ अर्ब १ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी २ अर्ब ५५ करोड २५ लाख रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा २ अर्ब २१ करोड ४० लाख ८७ हजार रुपैयाँ रहेको छ । बैंकको सञ्चालन मुनाफा १७ करोड ३८ लाख ६५ हजार ९ सय २३ रुपैया, निक्षेप संकलन ३ खर्ब ६८ अर्ब ३५ करोड २६ लाख ८ हजार रुपैयाँ रहेको छ ।
बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ र जगेडा कोषमा १७ अर्ब ६९ करोड रुपैयाँ जम्मा भएको छ । बैंकको प्रतिसेयर आम्दानी २.९१ रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर नेटर्वथ २०३.६९, अफ फण्ड ६.३७ प्रतिशत र बेस रेट ८.४४ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्