Shikhar Insurance
National Life

कामना सेवा विकास बैंकले कमायो १७ करोड बढी नाफा, वितरणयोग्य नाफा करिब २१ करोड

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ७, बुधबार १२:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १७ करोड ४९ लाख ७९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको नाफा गत आवको तुलनामा बढेको हो । बैंकले गत आवको सोहि अवधिमा ११ करोड ९५ लाख २१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकले सार्वजनिक गरेको विवरण अनुसार वितरणयोग्य नाफा २० करोड ९८ लाख ४४ हजार ८ सय ९ रुपैयाँ रहेको छ । चालु आवको ३ महिनामा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५२ करोड १७ लाख ९५ हजार ४ सय ५४ रुपैयाँ रहेको छ । सोहि अवधिमा बैंकको सञ्चालन मुनाफा २५ करोड ६७ लाख ५६ हजार ३०४ रुपैयाँ रहेको छ भने अघिल्लो आव सोहि अवधिमा १८ करोड ९५ हजार रुपैयाँ रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोहि अवधिमा बैंकको निक्षेप संकलन ६० अर्ब ७ करोड ५५ लाख ३८ हजार ४ सय ४३ रुपैयाँ र कर्जा संकलन ४७ अर्ब ४० करोड ६७ लाख ११ हजार ९ सय २१ रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख ४६ हजार १ सय ९५ रुपैयाँ रहेको छ भने जगेडा कोषमा २० करोड ९८ लाख ४४ हजार ८ सय ९९ रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १९.९४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटर्वथ १५४.२१ रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको पीई रेसियो २३.७४, कष्ट अफ फण्ड ६.१४ प्रतिशत, सिडी रेसियो ८३.७१ प्रतिशत र बेस रेट ८.२३ प्रतिशत रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्