Shikhar Insurance
National Life

यस्ता छन् २० वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी, कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ७, बुधबार ०९:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । २० वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानीमा समग्र सुधार देखिएको छ । बैंकहरुले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक अवधीको असोज मसान्तको अपरिस्कृत वित्तिय विवरणमा बैंकहरुको प्रतिसेयर आम्दानी बढेको देखिएको हो ।

चालु आवमा बैंकहरुको प्रतिसेयर आम्दानी कुनै बैंकले घटाएका छन् भने कुनै बैंकले बढाएका छन् । प्रतिसेयर आम्दानी बढाउँने बैंकहरुमा माछापुच्छ्रे बैंक, प्राइम कमर्सियल बैंक, एनएमबि बैंक, लक्ष्मी सनराइज बैंक रहेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पहिलो त्रैमासिक अवधीमा स्टान्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर आम्दानी ३६.५७ रुपैयाँ रहेको छ । त्यसैगरी, नेपाल बैंकको प्रतिसेयर आम्दानी १६.३९ रुपैयाँ रहेको तथ्यांकले देखाएको छ । त्यस्तै, ग्लोवल आइएमई बैंकको प्रतिसेयर आम्दानी १६.७४ रुपैयाँ रहेको छ भने माछापुच्छ्रे बैंकको १२.२७ रुपैयाँ रहेको छ । बैंकको गत आव प्रतिसेयर आम्दानी ०.९८ रुपैयाँ रहेको थियो ।

त्यस्तै, प्राइम कमर्सियल बैंकको प्रतिसेयर आम्दानी २५.५५ रुपैयाँ रहेको छ भने गत आव बैंकको प्रतिसेयर आम्दानी ९.७८ रुपैयाँ रहेको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रतिसेयर आम्दानी १७.१६ रुपैयाँ, कृषि विकास बैंकको ३.२५ रुपैयाँ, हिमालयन बैंकको १३.४२ रुपैयाँ, नबिल बैंकको २९.८३ रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधीको असोज मसान्तसम्ममा एनएमबि बैंकको प्रतिसेयर आम्दानी १६.१८ रुपैयाँ रहेको छ भने गत आवको सोहि अवधिमा बैंकको प्रतिसेयर आम्दानी १.४८ रुपैयाँ रहेको थियो ।

एभरेष्ट बैंकको प्रतिसेयर आम्दानी १६.२३ रुपैयाँ रहेको छ । सिटिजन्स बैंकको प्रतिसेयर आम्दानी ५.५८ रुपैयाँ रहेको छ भने गत आवमा बैंकको प्रतिसेयर आम्दानी ११.३४ रुपैयाँ रहेको थियो । गत आवको सोही अवधिको तुलनामा चालु आवको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी ५.७६ रुपैयाँले घटेको हो ।

सिद्धार्थ बैंकको १०.६४ रुपैयाँ, एनआइसी एशिया बैंकको २.९१ रुपैयाँ रहेको छ ।  प्रभु बैंकको प्रतिसेयर आम्दानी १७.६८ रुपैयाँ रहेको छ भने सानिमा बैंकको ११.५५ रुपैयाँ, नेपाल एसबीआई बैंकको ३१.०३ रुपैयाँ, एभरेष्ट बैंकको ३४.८३ रुपैयाँ र लक्ष्मी सनराइज बैंकको ९.२५ रुपैयाँ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्