Shikhar Insurance
National Life

नेपाल इन्भेष्टमेन्ट मेगा बैंककाे नाफा करिब डेढ अर्ब, कस्ता छन् अन्य सूचक ?

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ७, बुधबार ०९:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तीन महिनामै १ अर्ब ४६ करोड खुद नाफा कमाएको छ । बैंकले बुधबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक वित्तीय विवरणमा बैंकको नाफ १ अर्ब ४६ करोड ४० लाख ७५ हजार रहेको हो ।

बैंकले गत आव सोहिको तुलनामा बैंकको खुद नाफा ३.८२ प्रतिशतले कमी रहेको छ । गत आव सोहि अवधिमा बैंकले १ अर्ब ५२ करोड २२ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ८७ करोड ६७ लाख ६५ हजार रुपैयाँ रहेको छ भने सञ्चालन नाफामा २ अर्ब ९ करोड ४१ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि २ अर्ब ५१ करोड ५ लाख रुपैयाँ रहेको छ । बैंकको निक्षेप संकलन ४ खर्ब ३३ अर्ब ३२ करोड ७९ लाख रुपैयाँ पुगेको छ भने कर्जा विस्तार ३ खर्ब २४ अर्ब ४४ करोड ४५ लाख ५७ हजार रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको छ भने बैंकले जगेडा कोषमा २८ अर्ब ७८ करोड ९ लाख रुपैयाँ राखेको छ ।

सोहि अवधिमा बैंकको प्रतिसेयर आम्दानी (इपिएस) १७ रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ३३ पैसा रहेको छ ।

बैंकको खराब कर्जा ५.८४ प्रतिशत रहेको छ भने कष्ट अफ फण्ड ५.२० पुगेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्