काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासीकमा १ अर्ब ४ करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले प्रकाशन गरेको चालु आवको पहिलो त्रैमासीक वित्तीय विवरण अनुसार बैंकको नाफा १ अर्ब ४ करोड ६ लाख रुपैयाँ देखिएको हो ।
जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ०.६२ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिसम्ममा बैंकले १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
विवरण अनुसार बैंकको खुद ब्याज आम्दानीपनि बढेको छ । बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६२ करोड ८६ लाख रुपैयाँ पुगेको छ । जुन गत आवको सोहि अवधिमा भने २ अर्ब ५४ करोड ८० लाख रुपैयाँ रहेको थियो ।
असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा वितरणयोग्य मुनाफा ३ करोड ४७ लाख लाख रुपैयाँ रहेको छ भने बैंकको सञ्चालन नाफा १ अर्ब ४० करोड ३९ लाख रहेको छ ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ रुपैयाँ छ भने जगेडा कोष १४ अर्ब ७ करोड रुपैयाँ रहेको छ । सोहि अवधिमा बैंकको निक्षेप संकलन ३ खर्ब ४ अर्ब ३ करोड रुपैयाँ छ भने कर्जा लगानी २ खर्ब २२ अर्ब २७ करोड रहेको छ ।
त्यस्तै बैंकको खराब कर्जा १२१.९४ रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६८ पैसा र प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ९३ पैसा रहेको छ ।
सोहि अवधिमा बैंकको पिइ रेसियो १४.९९ रहेको छ भने आधार अनुपात ७.६५ प्रतिशत रहेको छ । सोहि अवधिमा बैंकको कष्ट अफ फण्ड १३.८७ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्